tata_tiago

३४ किलो सुन प्रकरणका मुख्य अभियुक्त चाँडै पक्राउ पर्नेः सीआइबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रमुख डिआईजीपी नवराज सिलवालले ३४ किलो सुन प्रकरणमा चाँडै मुख्य व्यक्ति पक्राउ पर्ने विश्वास व्यक्त गरेका छन् । सिलवालले सुन प्रकरणमा सिआईबी कसैको दबाव र प्रभावमा नपर्ने भन्दै दुधको दुध पानीको पानी छुट्टिने पनि प्रष्ट पारे ।

 https://www.youtube.com/watch?v=oEjWlFYrY6w

सिआईबी प्रमुख सिलवालले पक्राउ परेका अभियुक्तलाई संगठित अपराध विरुद्ध मुद्धा चलाउन प्रक्रिया अघि बढिसकेको भन्दै सुन प्रकरणको अनुसन्धान सिआईबीले नै गर्ने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ५४ वटा सुरक्षापोस्ट पार गर्दै पटक पटक सुनको तस्करीअसमान्य भएको भन्दै संलग्न जो सुकै भएपनि कारवाही गर्ने दृढता ब्यक्त गरे ।
विमानस्थलबाट हुने सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका गोपालबहादुर शाही ६ दिनअघि मात्र साउदी अरेबिया गएका थिए । सुन तस्करीकै लागि उनी पाँचपटक साउदी गइसकेका छन् । सिआईबीले तस्करी समयको एयरपोर्टको सिसिटिभीका दृष्य समेत शंकास्पद देखिएको बताएको छ । डिआईजीसिलवालले यो अनुसन्धानले सुन तस्करीको सञ्जाल भत्काउने दाबी गर्नुभएको छ ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कायमुकायम प्रमुख आयुक्त दिप बस्नेतले आईबताबर डिआईजीसिलवाललाई कार्यालयमा डाकेर सिआईबीको कामको प्रशंसा गनुभएको छ ।सिआईबीको कामले कालो धन र भ्रष्टचार नियन्त्रणमा सहयोग पु¥याउने भन्दै अख्तियारले अनुसन्धानलाई निचोडमा पु¥याउनुपर्नेमाजोड दिएको थियो । गृहमन्त्रीविमलेन्द्र निधिले पनि सुन तस्करीले मुलुकको सामाजिकतथाआर्थिक सुरक्षासँगजोडिएको भन्दै सुन तस्कर गिरोहका नाईकेलाई समात्न सिआईबीलाई निर्देशन दिएका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv