tata_tiago

सोमवार नेप्से परिसुचक ११ दशमलव ५२ अंकले बढ्यो

काठमाडौँ । सोमवार नेप्से परिसुचक ११ दशमलव ५२ अंकले बढेर १ हजार ४ सय ५८ दशमलव ९७ अंकमा कारोवार भएको छ । सोमवार कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
सोमबार दिन कारोवारमा आएका मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ४७ दशमलव ८३ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ११ दशमलव ०३,जलविद्युत ९ दशमलव ९३,फाइनान्स ४ दशमलव ९६ र अन्य समुह २ दशमलव ८९ अंकले बढेको छ । यता होटल र विकास बैंक समुह भने क्रमशः ५ दशमलव ३९ र १ दशमलव ४७ अंकले ओरालो लागेको छ । सो दिन नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८८ लाखको कारोवार भएको छ । सोमवार १ सय १७ कम्पनी कारोवारमा आएक थिए । ती कम्पनीको ४ लाख ३५ हजार कित्ता सेयरबाट २६ करोड ४५ लाखको कारोवार भएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]