tata_tiago

आइतवार नेप्से परिसुचक ६ दशमलव ६९ अंकले घट्यो

काठमाडौँ। साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ६ दशमलव ६९ अंकले घटेर १ हजार ४ सय ४७ दशमलव ४५ अंकमा कारोवार छ ।
आइतवार १ सय ३१ कम्पनीको १७ लाख ३८ हजार ९ सय ६२ कित्ता सेयर किनबेच भएको छ । बजारमा ४१ करोड १८ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो । बजारमा सबै समूहको परिसूचक ओरालो लागेको अवस्थामा होटल समूहको परिसूचक ३३ दशमलव २२ अंकले बढेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११ दशमलव १७ अंकले घटेको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै २ हजार ६ सय ५४ प्रति कित्ता सेयर कारोबार भएको थियो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]