tata_tiago

 साताको अन्तिम दिन बिहीबार शेयर बजारमा भारी वृद्धि

काठमाडौँ । साताको पहिलो दुई दिन लगातार उच्च अंकले घटेको शेयर बजारमा बुधबार सामान्य सुधार भए पनि विहीबार उच्च अंकले बढेको छ । पछिल्लो पटक निराश भएका लगानीकर्ता साताको अन्तिम दिन भएको उच्च सुधारबाट आशावादी भएका छन ।

यस साताको अन्तिम दिन बिहीबार शेयर बजारमा भारी वृद्धि भएको छ । सोमबार र मंगलबार भारी गिरावट देखिएको बजारमा बुधबार र बिहीबार सुधार देखिएको हो । बिहीबार शेयर बजारमा ३० दशमलव २३ अङ्कको बृद्धिसंगै नेप्से परिसूचक १ हजार ४ सय ४३ दशमलव ३८ अङ्कमा उक्लिएको छ । सेयर बजारमा सुधार तथा बिस्तारका लागि भन्दै लगानीकर्ताहरुले आन्दोलन सुरु गरेपछि त्यसको सकारात्मक असर सेयर बजारमा देखिएको बिश्लेषकहरुले बताएका छन । बुधबार सेयर लगानीकर्ता संघले आन्दोलन सुरु गरेपछि त्यसदिन झण्डै पाँच अंकले बढेको बजार बिहीबार ३० अंकले उकालो लागेको थियो । पछिल्लो पटकको कारोवारमा सबै उपसूचकमा सुधार देखिएको छ । पछिल्लो पटक बिमा समूहको शेयर कारोवारमा सुधार देखिएको छ । बिहिवार बीमा समुहमा उच्च अङ्कको बृद्धि देखिएको छ ।होटेल समुहमा ५५.६५, बैंकिंगमा २८.७ ,बिकाश बैंक समुहमा २०.३३ ,जलबिधुत १०.९७ र अन्य समुहमा १.७३ अङ्कको बृद्धि देखिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । पछिल्लो पटक आन्दोलनका क्रममा लगानीकर्ताहरुले उठाएका मागहरु पुरा गर्न नियमनकारी निकाय नेपाल धितोपत्र वोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई दवाव परेको छ । शेयर बजारमा देखिएको पछिल्लो उतारचढावबाट भने लगानीकर्ता अन्यौलमा परेका छन । धितोपत्र वोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई शेयर बजारलाई पारदर्शी र ब्यवस्थित गर्न लगानीकर्ताले दवाव दिएका छन ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv