Nepa Top
century-bank

‘सुब्बा साब’रीलीज अगावै निर्माता न्यौपाने र निर्देशक अधिकारीको ‘मेरो मिल्ने साथी’निर्माणको घोषणा

यो शुक्रबार बाट दर्शकमाझ रिलीज हुदै गरेको फिल्म ‘सुब्बा साब’को निर्देशक राजु अधिकारी र निर्माता हिरामणी न्यौपानेले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा निर्देशक अधिकारी र निर्माता न्यौपानेले ‘मेरो मिल्ने साथी’ फिल्म निर्माणको घोषणा गरेका हुन् । सोही निर्माता र निर्देशकको फिल्म ‘सुब्बा साब’ भने यसै शुक्रबार (असोजको २१)बाट दर्शकहरुको लागी हलमा उत्रिदैछ ।

vlcsnap-2016-10-04-20h31m01s209
सरकारी कर्मचारीको कथामा अधारीत ‘सुब्बा साब’फिल्ममा सरोज खानल,जीवन लुईटेल,गौरी मल्ल,बर्षा शिवाकोटि, महिमा शिलवाल,राम चन्द्र अधिकारी, सुरबीर पण्डित,लगाएतले अभिनय गरेका छन् । मेरो मिल्ने साथि फिल्मको घोषणा कार्यक्रममा सुब्बा साब फिल्मका युनिट उपस्थित थिए । जहाँ, सबैले टिमले सुब्बा साब फिल्मको बारेमा आ—आफनो भनाई राखे ।

asdasd
निर्देशक राजु अधिकारी र निर्माता हिरामणी न्यौपानेको नयाँ प्रोजेक्ट मेरो मिल्ने साथिको कलाकारहरुलाई भने सार्बजनिक गरेका छैनन् । नयाँ प्रोजेक्टको लागी नाम चलेका कलाकरहरु नै अभिनयमा आउने निर्देशक अधिकारीले बताएका छन् ।
शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण हुने मेरो मिलने साथी फिल्म २०७३ भित्रै छायाँकन हुने बताईएको छ । त्यस्तै,फिल्मलाई अर्को बर्ष २०७४ मा रिलिज गरीने जानकारी गराएका छन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]