Nepa Top
century-bank

यस बर्षको राष्ट्रीय चलचित्र पुरस्कार बितरण,अभिनेता अभिनेत्रीको पुरस्कार दयाहाङ र नम्रता लाई

basun
विभिन्न चलचित्रकर्मीहरु राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित, दयाहाङ राई र नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता अभिनेत्री,बसुन्धरा भुषाललाई दीर्घ साधना सम्मान राष्ट्रिय पुरस्कार ख्ण् राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न चलचित्रकर्मीहरुलाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा विहीवार अपरान्ह आयोजित कार्यक्रमकाबीच चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारबाट कलाकर्मीहरुलाई सम्मानित गरेको हो । रोल सो क्रममा राष्ट्रपति भण्डारीले चलचित्र अभिनेता दयाहाङ राई र नम्रता श्रेष्ठलाई उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको राष्ट्रि पुरस्कारबाट सम्मानित गर्नुभयो । चलचित्र कबड्डी कबड्डीबाट अभिनेता दयाहाङ राई र चलचित्र क्लासिकबाट अभिनेत्री नम्रता श्रेष्ठलाई सम्मानित गरिएको हो । यस्तै यसवर्षको उत्कृष्ट चलचित्रको पुरस्कार पशुपतिप्रसादले पाएको छ । सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल, छायांकनमा ड्रिम्सबाट संजय लामा र पुरुषोतम प्रधान र लेखनमा पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने पुरस्कृत भएका छन् । निर्देशनमा पशुपतिप्रसादबाटै दिपेन्द्र के खनाल पुरस्कृत भएका छन् । आदिवासी चलचित्रतर्फको पुरस्कार गुरुङ भाषाको इम्पो देउरालीले पाएको भने नव निर्देशकमा ड्रिम्सबाट भुवन केसी पुरस्कृत भएका छन् । भुबनको पुरस्कार उनका पिता मदन मोहन केसीले लिएका थिए ।यस बर्षको चलचित्र दिर्घ साधना सम्मानबाट बरीष्ठ चलचित्र कर्मी बसुन्धरा भुसाललाइ सम्मानित गरीएको छ ।उनलाई सम्मान संगै ३,५१,१११को चेक पनि प्रदान गरीएको छ ।

 

nam

deep







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]