Nepa Top
century-bank

नेपाली उत्पादन तथा सेवाको अमेरिकामा बृहत प्रदर्शनी हुने

घनश्याम श्रेष्ठ- वर्ल्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी)एलएलसी ले आगामि सेप्टेम्बर ३० देखि अक्टुबर २ तारिख सम्म न्यूयोर्कको म्यानहन्टम नेपाली उत्पादनको प्रवद्र्धनका लागि ३ दिने व्यापार मेलाको आयोजना गर्ने लागेको छ ।  प्रदर्शनीमा नेपालमा विभिन्न किसिमका ब्यापार ब्यबसायमा संलग्न सस्थाले स्टल राख्न पाउनेछन् ।

nepal  बिशेष गरेर गलैचा, थान्का, जडिबुटी, पर्यटन, होटेल,दुग्ध उत्पादन, खुकुरी, पश्मिनासंग सम्बन्धित काम गर्ने संस्थाहरुले उक्त कार्यक्रममा स्टल राखी अन्तरास्ट्रिय बजारमा आफ्नो उपस्थिति दह्रो बनाउन सक्ने कुरा संस्थाका सूचना प्रमुख सुदिप पोखरेलले जानकारी दिए। ‘Nepal Exhibition and International Trade Show’ को मुख्य उद्देश्य नेपाल र अमेरिका बीच व्यापार व्यवसाय विस्तार गर्न चाहने नेपाल तथा विश्वभरि छरिएर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई एउटा व्यवसायिक प्लेटफर्म दिनु रहेको छ ।

nepal1

यो व्यापारिक मेलामा विश्वभरिबाट ३ सय ५० भन्दा बढी उद्योगी तथा व्यवसायीहरुको संलग्नता हुनेछ । यो मेलाको अर्को उद्देश्य नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पु¥याउने लक्ष्य भएकाले ७० प्रतिशत भन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट भाग लिने छन् भने बाँकी ३० प्रतिशत विश्वभरिबाट सहभागिता हुनेछ । यो व्यापारीक मेलालाई अमेरिका स्थित विभिन्न नेपाली सामाजिक संघसंस्था, विदेशी संघसंस्था तथा अमेरिकी सरकारी निकायहरुसँग पनि सहयोग लिएर सफल बनाउनको लागि आयोजक कम्पनी जिम्मेवार हिसाबले लागि परिरहेको छ ।

nepal2

त्यसैगरी नेपालस्थित सरकारी तथा व्यापारीक संघसंस्थाहरुले पनि यो मेलामा विभिन्न रुपमा सहभागिता जनाएर हामीलाई उर्जा थपि रहेका छन् । FNCCI, FNCSI, NTB, NATTA जस्ता महत्वपूर्ण संस्थाहरु सहयोगी तथा प्रवद्र्धकको भूमिकामा छन् । WBMC LLC स्वयं Greater New York Chamber of Commerce को सदस्य भएर न्यूयोर्क शहरमा नेपाल र नेपालीको शिर उच्च राखिसकेको छ भने USA स्थित नेपाली दूतावासको पनि यो कार्यक्रममा साथ र सहयोग छ भनी हौसला प्रदान गरेको छ ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]