Nepa Top
century-bank

खाना पकाउने ग्यास (एलपी ग्यास) प्रयोगकर्ताहरुलाई सुरक्षासम्बन्धी जानकारी

खाना पकाउने ग्यास (एलपी ग्यास) प्रयोगकर्ताहरुलाई सुरक्षासम्बन्धी जानकारी

एलपी ग्यास अत्यन्तै प्रज्वलनशील पेट्रोलियम पदार्थ भएकोले पर्याप्त सतर्कता र सावधानी अपनाउँदै खाना पकाउने ग्यासको चुहावटको कारणबाट हुनसक्ने दुर्घटनाबाट बच्न देहायका कुरामा बिशेष ध्यान पु¥याउन सम्पूर्ण उपभोक्ता वर्गमा हार्दिक अनुरोध छ ।

१. सिलिण्डर ल्याउँदा वा लैजादा नगुडाऔं, भान्सामा सिलिण्डर सधै ठाडो राखौं, सुताएर वा घोप्ट्याएर प्रयोग नगरौं ।

२. गुणस्तरिय रेगुलेटर, रवर, पाईप, चुलोजस्ता उपकरणहरु मात्र प्रयोग गरौं । हरेक दुईबर्षमा ग्यास पाइप फेरौं । खाना पकाउँदा सधैं झ्याल ढोका खुल्ला राखौं र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौं ।

३. काम सकेपछि सधैं रेगुलेटर बन्द गर्न नबिर्सौं ।

४. खाना पकाउने स्थानमा एलपी ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएको छ भन्ने बुझ्नुपर्छ । ग्यास लिक भएमा पहिले रेगुलेटरको र पछि चुलोको नट बन्द गरौं ।

५. ग्यास हावा भन्दा गह्रौं हुने हुँदा पिंधमा बस्छ । जस्तै, ग्यास चुलो, सलाई, लाइटर, धुप नबालौं । बिजुली लगायत कुनै बस्तु नचलाऔं ।

६. ग्यास लिक भए सिलिण्डरबाट रेगुलेटर छुटाई भल्वमा सेफ्टी क्याप लगाएर घर बाहिर खुला ठाउँमा राखौं र छिटोभन्दा छिटो नजिकको ग्यास बिक्रेता वा सम्बन्धित ग्यास उद्योगलाई खबर गरौं ।

सचेत र सावधान हुनु नै सुरक्षित हुनु हो ।

लोकप्रिय
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]